एकै परिवारका चार जनाले सेती नदीमा हामफाले

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं. ४ बस्ने एकै परिवारका ४ जनाले सेती नदीमा हाम फालेका छन् । 

साविक महादेवस्थानको वडा नं. ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बमबहादुर बोहराका २८ वर्षिया श्रीमती धौली बोहरा, १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिया छोरा सुरेन्द्र बोहरा र ६ वर्षिया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेका हुन् । 

आदर्श गाउँपालिका वडा नं. ४ का अध्यक्ष नारायण पछेराका अनुसार ६ वर्षका सुनिललाई माछा मार्दै गरेका एक व्यक्ति बचाएका छन् भने अन्य जनाको खोजीकार्य जारी रहेको बताए । 

घटना साउन १ गते साँझ भएको थियो । तर, प्रहरीलाई साउन ३ गते बेलुकी मात्र जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
वडा अध्यक्ष पछेराका अनुसार केही समयदेखि ती महिलाको मानसिक अवस्था ठिक थिएन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?