१२ जेष्ठ २०७९, बिहीवार

नौ महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल सेट नेपाल भित्रिए

२०७९,बैशाख,९,शुक्रवार १३:३३

90
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।

ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कुल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो ।
गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।

चालू आर्थिक वर्षमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लग्जेम्वर्ग, मलेसिया, माल्टा, नेदरल्याण्ड्स, न्युजल्याण्ड, नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, साउदी अरब, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, युएई, बेलायत, अमेरिका, भियतनाम लगायतका देशबाट मोबाइल नेपालमा आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति: २०७९,बैशाख,९,शुक्रवार १३:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

इलाम । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

रसुवा । रसुवामा द्वन्द्वकालिन लको समयको २३ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल संकलन भएको छ । नेपाल विद्युत प्राधिकरण धुन्चे

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा पुनः रामकुमार बर्तौला निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडान

ताजा समाचार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४