१३ चैत्र २०७९, सोमवार

विजयको सुनिश्चिततातर्फ चिरञ्जिवी थापा

२०७४,आश्विन,२७,शुक्रवार १३:२७

0
Shares

काठमाडौँ,२७ असोज।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा उमेद्वारी घोषणा गरेका चिरञ्जिवी थापादलाई अधिकांश देशका एनआरएनको साथ बढ्दै गएको छ । खाडी मुलुक, कोरिया, जापान, अमेरिका, युरेपियन मुलुकका एनआरएनमा उल्लेख्य प्रभाब भएको थापालाई बेलायत लगायत देशका एनआरएनको पनि उत्तिकै साथ बढ्दै गएको छ ।जापानमा रेष्टुरेन्ट, होटल, उर्जा, रेमिटयान्स, शिक्षा, वैंक लगायतको व्यवसायमा आवद्ध थापा २००५ देखि नै एनआरएनमा आवद्ध हुँदै आएका छन् । विदेशमा मात्र होइन नेपालमा पनि व्यवसायसँगै समाजसेवामा सक्रिय छन् । थापाले एक पटकको नेपाली सधै नेपाली, हाम्रो घर हाम्रै दायित्व, पुनर्निर्माण, सम्मानजनक वैदेशिक रोजगारीको समस्या, निराकरण र सृजना, भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी, एनआरएन विशेष सहयोग कोष लगायतका एजेण्डालाई अघि सारेका छन् । थापाले भूकम्प, नाकाबन्दी, बाढीपहिरोले मुलुक समस्याका परेका बेला समेत व्यक्तिगत सहयोग गरेका थिए। एनआरएनएको विश्व सम्मेलन असोज २८ अर्थात् १४ अक्टोबरमा काठमाडौंमा शुरु हुँदैछ । विश्वका ५७ वटा देशमा एनआरएनए गठन भइसकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले

काठमाडौं । कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को

भैरहवा । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६