पर्सामा किताब भन्दै ७० किलो गाँजा तस्करी गर्ने पक्राउ

वीरगञ्ज : किताब भन्दै ७० किलोग्राम गाँजा तस्करी गरिरहेका २ जनालार्इ सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

पर्सागढी नगरपालिका-३ मा बसोबास गर्ने २६ बर्षीय गोविन्दकुमार चाैधरी र वडा नम्बर ९ मा बसोबास गर्ने ३३ बर्षीय दिनेशकुमार थारू ७० किलोग्राम गाँजासहित पक्राउ परेका हुन् ।

काठमाडाैंबाट पर्सातर्फ अार्इरहेको ना १ ज २४९३ नम्बरको टाटासुमोमा चाैधरी र थारूले गाँजा राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका गोबिन्दले नै गाडी चलाएका थिए ।

चालक गोबिन्दले पक्राउ परेपछि प्रहरीसामु अाफुलार्इ फसार्इएको बताएका छन् । हेटाैंडाबाट एक व्यक्तिले किताब लगिदिनु भनेर गाडीमा सामान हालिदिएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?