सिरहामा युवकमाथि गोली प्रहार

लहान : शुक्रबार राती सिरहाको धनगढीमार्इ नगरपालिकामा ३० बर्षीय प्रदीप यादवमािथ गोली प्रहार भएको छ । यादव स ८ प ३१९१ नम्बरको मोटरसार्इकलमा चढि घर जाँदै थिए । 

यादवमाथि धनगढीमार्इ नगरपालिकाको वडा नम्बर १३ स्थित भोर्लेनीमा गोली ४/५ जनाको हतियारधारी समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको  छ। 

गोली प्रहारबाट घार्इते यादवलार्इ थप उपचारका लागि बिराटनगर पठार्इएको छ । 

घटनामा संलग्न भएको अाशंका गर्दै प्रहरीले स्थानीय बेचन महतोलार्इ नियन्त्रणमा लिएको छ । 

गोलीप्रहारको घटनामा संलग्नहरूको खोजीकार्य भर्इरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?