गठबन्धन : जनकपुर उपमहानगरमा कांग्रेसको असन्तुष्टी, सामूहिक राजीनामा दिने तयारी

लोकपथ
175
Shares

काठमाडौं । हाल सत्ताको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धनले तालमेल गरि भागबण्डा गरेकोप्रति धनुषाको जनकपुर उपमहानगरमा कांग्रेसले असन्तुष्टि देखाएको छ ।

प्रदेशको राजधानी समेत रहेका जनकपुर उपमहानगरमा गठबन्धनको तर्फबाट जसपाको उम्मेदवार उठाउने भएसँगै कांग्रेसमा असन्तुष्टी देखिएको हो ।

कांग्रेस एक्लै चुनाव लढ्न सक्ने भन्दै आज नेपाली कांग्रेस जनकुपर उपमहानगरका पदाधिकारीहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् ।

उपमहानगर सभापति मनोज साहसहितका असन्तुष्ट नेताहरुले आज पार्टीबाट सामूहिक राजीनामा दिन लागेको एक नेताले बताए । उनीहरुले आज दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेका हुन् ।

नगर सभापति कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि समूहका हुन् । केन्द्रमा नेता निधिले गठबन्धनको विरोध गरेसँगै नेताहरुले सामूहिक राजीनामा दिन लागेका हुन् ।

मंगलबार गठबन्धनको बैठकले देशका ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुंग्याएको छ । जसमा जनकपुर उपमहानगरमा जसपालाई दिने निर्णय भएसँगै कांग्रेसीहरु असन्तुष्ट बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?