काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले सामाजिक सञ्जालमा दुवै नेताको तस्बिर सार्वजनिक गर्दै प्रशंसा गरेका हुन् ।
केही दिन अघि चुनावी प्रचारका लागि गोरखा पुगेका भट्टराई र यादवले ढाका टोपी लगाएको तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिर राख्दै बस्नेतले उक्त तस्बिरले राष्ट्रिय एकता बलियो हुन थालेको संकेत भएको समेत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भनिन्छ समय आफु देखिदैन तर समयले सबैलाई देखाइदिन्छ्। नेपाली टोपीमा सजिएका डा बाबुराम भट्टराई र उपेन्द्र यादब लाई धन्यबाद । सामाजिक सदभाब र राष्ट्रीय एकता बलियो हुनथालेको संकेत।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया