बाँकेमा पूँजीगत बजेटको ८२ प्रतिशत खर्च

नेपालगञ्ज : बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ । 

गत आव २०७४÷७५ मा चालू खर्चतर्फ रु १० अर्ब १७ करोड ४७ लाख र पूँजीगत खर्चतर्फ रु आठ अर्ब तीन करोड ४३ लाख बजेट विनियोजन गरिएको थियो ।

औसतमा जिल्लामा पूँजीगत बजेटको ८१ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ठाकुरप्रसाद पौडेलले बताए ।

असारमा मात्र चालू खर्चतर्फ रु १० करोड र पूँजीगत खर्चतर्फ रु ३२ करोड भुक्तानीका लागि कोलेनिकाबाट चेक काटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?