काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ स्थायी वतन भएका ४२ वर्षीय वीरेन्द्र कुमार गौतम पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले बुधबार गौतमलाई पक्राउ गरेको जानकारी दिएको छ ।
कार्यायलका सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले चार दिन कैद, सात लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार छ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका गौतम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोठाटारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया