काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूकाे बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।
आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ’, उनले भने, ‘निर्वाचनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’
३० वैशाखमा हुने स्थानीय तहमा गठबन्धनका नाममा पाँच दलबीच भागबन्डा गरिएपछि पोखरासहितका स्थानीय तहमा कांग्रेस कार्यकर्ताहरूले विरोध जनाइरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया