सतर्कता केन्द्र नै अलमलमा

काठमाडौं – पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ ।

केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको छ ।

केन्द्रका लागि बनाइएको भवनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बसिदिएपछि केन्द्र पुरानै समस्याले ग्रसित छ । प्रशासन तथा योजना शाखाका अधिकृत नारायण दाहालले केन्द्रको प्रमुख समस्या नै आफ्नो भवन नहुनु र साँघुरो कोठामा खुम्चिएर बस्नु परेको बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?