अपाङ्ग महासंघले बुझायो प्रदेश सरकारलाई ३८ बुँदे ज्ञापनपत्र

काठमाडौं–राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संघीय, प्रदेश र स्थानीय सरकारहरुसंग अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समाबेशीकरण गर्दै लैजानका लागि प्रदेश नं ५ को प्रदेश सरकारलाई ३८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

 महासंघले शुक्रबार प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।सधै अरुको सहायतामा जीवन यापन गर्नु पर्ने अति अशक्त र पुर्ण अशक्त अपाङ्गता भएका  ब्यक्तिहरुको लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता ज्यादै न्युन रहेको भन्दै महासंघले सामान्तय जीवन जिउन सहज हुने गरि क्रमश रु ६ सय बाट बृद्धि गरि रु ५ हजार र २ हजार बाट बृद्धि गरि १० हजार बनाउन माग गरेको छ ।

सर्बोच्च अदालतले २०६९ साल श्रावण २९ गते गरेको फैसलाको कार्यान्वयनको लागि पुर्ण अशक्त अपाङ्गता र बौद्धिक अपाङ्गता भएका ब्यत्तिहरुको सहयोगिको ब्यवस्था गर्न आबश्यक बजेट बिनियोजन गर्न र अपाङ्गता भएका ब्यक्तिहरुको रोजगारीमा अभिबृद्धि हुने गरि तालिम र रोजगारीको सुनिश्चितता सहित बिउ पुजी हुने गरि बजेट बिनियोजन गर्न माग गरेको छ ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थाहरूका आधारमा प्रदेश  स्तरमा नीति तथा कार्यक्रम तय गरि आबश्यक  बजेट विनियोजन गर्न र उनिहरुले आफै रोजगार हुने गरी व्यवसाय, संस्था, उद्योग, कम्पनी संचालन गर्दा दर्ता शुल्कमा पुर्ण छुट र अन्य व्यक्तिहरुलाई पनि रोजगारमा समावेश गर्ने भए ५० प्रतिशत छुट को व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रदेश  तहमा निर्माण गरिने भौतिक, सामाजिक, आर्थिक ,सास्कृतिक, योजनामा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाइ समावेश गराउने र यसको लागि योजना निर्माण देखी कार्यान्वयन र अनुगमनमा समेत अपाङ्गता भएका व्यक्तिका संस्थाहरूलाइ सहभागी गराउन र  पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू लगायत बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको पुनस्र्थापनाको लागि प्रदेश पुनस्र्थापना केन्द्र, दिवा सेवा केन्द्र आदि स्थापना गर्नुपर्ने लगायत ३८ सुत्रीय माग अगाडी सारीएको छ ।

ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले प्रदेश सरकार र स्थानीय तह अहिले नीति नियम बनाउने क्रममा रहेकोले प्रदेश र स्थानीय तहका नीति निर्माण गर्दा अपाङ्गमैत्री बनाउनका लागि महासंघले ७ वटै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी गराए ।महासंघ प्रदेश नं ५ अध्यक्ष कल्पना ढकालको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सदस्यद्धय शिव प्रसाद ज्ञवाली,रामरतन हरीजन प्रदेश नं ५ का संयोजक भावुकजंग थापाले बोल्दै आफुहरुले राखेका माग प्रति मुख्य मन्त्रीले सकारात्मक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?