पाटन औद्योगिक क्षेत्रमा अक्सिजन सिलिण्डर विस्फोट : २ भारतीय नागरिकको मृत्यु , ६ जना घाइते

लोकपथ
3.4k
Shares

ललितपुर । बिहीबार ललितपुर महानगरपालिका वडा नं. ६ पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भारत पश्चिम–चम्पारम जिल्ला रतनपुरुवा गाउँका ४५ वर्षीय बृज महतो र भारत घर भएका २५ वर्षीय राजनकुमार महतो रहेका छन् ।

महताेकाे निधन घटनास्थलमै भएकाे हाे भने गम्भीर घाइते भएका राजनकुमारकाे निधन उपचारको क्रममा ललितपुर ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भएको हो ।

उक्त घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पर्साका ४३ वर्षीय रमेश अधिकारी, ललितपुरकी ३६ वर्षीय दुर्गा पुरी, लतिपुरका १९ वर्षीय सुदिप तिमिल्सेना, ललितपुर २२ का ईश्वर बजगाई, ओखलढुंगाकी २० वर्षीय अन्जना पौडेल र काठमाडौं चन्द्रागिरीका ४९ वर्षीय गंगाराज शर्मा रहेका छन् ।

घाइतेमध्ये रमेश अधिकारी, दुर्गा पुरी, सुदिप तिमिल्सेना, अन्जना पौडेल, गंगाराज शर्मा, ईश्वर बजगाई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

बाँकीको उपचार ललितपुरको पाटन र बी एन्ड बी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?