त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिपक प्रकाश महराले राजीनामा दिएका छन् । 

सन् २०१४ मा त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशकमा नियुक्त भएका उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको बताए । उनले भने, ‘मैले पारिवारिक कारणले राजीनामा दिएको हुँ, यसलाई लिएर भइरहेको आन्दोलनसँग नजोड्न म आग्रह गर्छु ।’

महराले  राजीनामा दिएसँगै त्रिविले शिक्षण अस्पतालमा नयाँ निर्देशक चयन गर्नका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश अग्रवालको अध्यक्षतामा नयाँ समिति गठन गरेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?