भूकम्प र आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास

लोकपथ
28
Shares

बैतडी । बैतडीमा भूकम्प र आगलागीसम्बन्धीको कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बैतडी र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको साझेदारीमा कृत्रिम घटना अभ्यास गरिएको हो ।

दशरथचन्द नगरपालिकाको सुन्दरखालीस्थित खेल मैदानमा उक्त घटना अभ्यास प्रदर्शन गरिएको रेडक्रस जिल्ला शाखा बैतडीका कार्यक्रम संयोजक गोबिन्द बल्लभ पन्तले बताए ।

बुधबार भएको कार्यक्रममा भूकम्प र आगलागीका बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापनका लागि खटिने जिल्लास्थित सबै कार्यालयले आ–आफ्नो प्रस्तुति राखेका छन् ।

रेडक्रसले विपद्का बेला राहत, प्राथमिक उपचार र सुरक्षित आवासमा भूमिका खेल्ने, शिक्षा क्षेत्रमा पर्ने प्रभावमा शिक्षा विकास तथा समन्वय इकाइले भूमिका खेल्ने, हिंसाका विषयमा सामाजिक विकास कार्यालय, उद्धारमा सुरक्षा निकाय खटिनेलगायतका विषयमा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?