१९ मङ्सिर २०७९, सोमवार

अपराध अनुसन्धान गर्नका लागि नयाँ प्रविधिबाट अघि बढ्न प्रहरीलाई आग्रह

२०७४,आश्विन,२७,शुक्रवार १३:२३

0
Shares

हेटौँडा, २७ असोज ।बैसठ्ठिऔँ प्रहरी दिवसका उपलक्ष्यमा प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाद्वारा हेटौँडा उपमहानगरपालिका–११ थाना भञ्ज्याङमा आयोजित कार्यक्रममा अमर शहीद प्रहरीको स्मारकमा पुष्पगुच्छा चढाई आज श्रद्धाञ्जलि अपर्ण गरिएको छ ।सो कार्यक्रमलाई सम्बोधन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न र बढी मतदातालाई सहभागी गराउन नेपाल प्रहरीले अथक प्रयास गर्नुपर्नेमा जोड दिँदै समाजमा बढ्दो अपराध नियन्त्रण र अनुसन्धान गर्नका लागि नयाँ प्रविधिबाट अघि बढ्न प्रहरीलाई आग्रह गरे ।कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले नेपाल प्रहरीका अधिकृत र जवानले जिम्मेवार भई पदीय मर्यादाअनुरुप जनताको जीउ धनको सुरक्षा गर्नाका साथै विकास निर्माणका काममा पनि थप सुरक्षा पु¥याउने चुनौती रहेको बताए ।अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरेले मध्यमाञ्चलका १९ जिल्लामध्ये काठमाडौँ उपत्यका छाडेर १६ जिल्लामा अपराधको अनुसन्धान र नियन्त्रण गर्नाका साथै ती क्षेत्रका जनतालाई शान्ति सुरक्षा पु¥याउन र तराईका सीमा क्षेत्रमा हुने बढ्दो अपराध नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १३:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८