ललितपुर । ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहेका छन् । कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष ७ वैशाखलाई यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने कार्यक्रमका मनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका युवा व्यवसायी, खेलाडी, कलाकार, विद्यार्थीलगायतको सहभागिता छ । उनीहरूले आफ्ना समस्यामाथि यदि फेरि पनि केपी शर्मा ओली प्रधानमन्त्री भए कसरी सम्बोधन गर्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया