काठमाडौं । सशस्त्र प्रहरी बलका ७ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई कायममुकायम वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को जिम्मेवारी तोकिएको छ ।
सशस्त्र प्रहरीका साधारण समूह र प्राविधिक उपसमूहतर्फका ७ जनालाई कामु एसएसपीको जिम्मेवारी तोकिएको हो ।
साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिइएको हो । त्यस्तै प्राविधिक समूहको स्वास्थ्यतर्फ डा. मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठ र सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको हो ।
गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार ४ वर्षे पदावधि पूरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया