६ वटा महानगर र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरेका छौं : कार्की

लोकपथ
553
Shares

काठमाडौं । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनलाई सकस परेको छ ।

सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो ।

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्’ उनले भने, ‘बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ । ‘

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।

‘हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा छलफल गरेका छौं र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?