आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
126
Shares

१. विपक्षी दलहरूले गठबन्धन टुटाउने षड्यन्त्र गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको आरोप, कुनै पनि हालतमा गठबन्धन टुट्न दिन नहुनेमा जोड

२. लामो रस्साकस्सीपछि सत्ता गठबन्धनले टुंग्यायो महानगरको भागबण्डा, काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी र वीरगञ्ज जनता समाजवादीलाई

३. पाँचदलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आरोप, अपमान नसहने बताउँदै विद्रोह गर्ने चेतावनी

४. गठबन्धन देखेर एमाले अध्यक्ष ओली थरथर काँपेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको टिप्पणी, वर्तमान गठबन्धन लोकतन्त्र र व्यवस्था बचाउन बनेको जिकिर

५. वैशाख ३० मै निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ, निर्वाचनको मिति नजिकिएसँगै आयोगले तयारीलाई तीव्र बनाएको प्रतिक्रिया

६. ३७ प्रतिबद्धतासहित एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक, शिक्षाको गुणस्तरमा सुधार ल्याउनेदेखि हरेक परिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउनेसम्मका विषय समावेश

७. मिस नेपाल २०२२ को लागि आवेदन खुला, सातै प्रदेशमा अडिसन लिइने, असार ४ गते ग्रान्ड फिनाले हुने

८. लोकतान्त्रिक समाजवादी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक, सो कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्ने महतोको भनाइ

९. लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, इन्डियन कम्पनीको उपकरण उपलब्ध गराउने भनी रकम लिई चाइनिज कम्पनीको उपकरण वितरण गरी अनियमितता गरेको आरोप

१०. देशभर कैदीबन्दीको संख्या २५ हजार नाघ्यो, कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ४ सय ३ परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त

१२. पश्चिम काबुलको एक विद्यालयमा तीनवटा बम विस्फोट, विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान, विस्फोट कसले र किन ग¥यो भन्ने विषयमा अनुसन्धान गर्दै प्रहरी

१३. चीनमा कोरोना संक्रमितको ग्राफ दैनिक उकालो लाग्दै, सांघाइमा मात्रै कोरोनाबाट थप ७ जनाको मृत्यु, चीनमा हालसम्म ४ हजार ६ सय ४८ जनाले गुमाए ज्यान

१४. मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन कार्यका कारण नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरिवाना, नयाँ बस्तीलाई जरिवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध

१५. र, प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज राति म्यान्चेस्टर युनाइटेड र लिभरपुल भिड्दै, दुई ठूला क्लबबीचको खेल निकै रोमञ्चक हुने अपेक्षा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?