निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालिन अन्तरिम आदेश जारी

लोकपथ
364
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि बोलाएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

केही दिनअघि सरकारले छानबिनका लागि निलम्बन गरेपछि गभर्नर अधिकारी अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?