जनप्रतिनिधिले राजनीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

लोकपथ
203
Shares

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदाबाट राजीनामा दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?