मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।

सरकारले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिगत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ ।

मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् । आजको कान्तिपुर दैनिकमा  खबर छापिएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?