तालीबानी शैलीको प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

काठमाडौं–पञ्चायत र शाहीकालमा समेत अस्पतालभित्र प्रहरीले बल प्रयोग गरेको थिएन। तर लोकतान्त्रिक सरकारको आदेशमा प्रहरीको जत्था लाठी र बन्दुकसहित गोविन्द केसी अनसनरत अस्पतालभित्र छिरेर डाक्टर नर्स र विद्यार्थीलाई घाइते बनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भन्छन्– केसीलाई काठमाडौं ल्याइएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।

उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ?  यो मानवअधिकारको प्रश्न हो कि होइन ? जुम्लामा प्रहरीमाथि तालिवानी शैलीमा आक्रमण भएको छ ।

प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?