पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न माधवकुमार नेपालको आह्वान

लोकपथ
0
Shares
z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् ।

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर जिल्ला–जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका छन् । उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताएका छन् ।

अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले भने, ‘चुनावमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौं । आज पनि हाम्रो त्यसै सिलसिलामा वार्ता भइरहेको छ । महानगरपालिकामा कसरी सिटको तालमेल मिलाउने, उपमहानगरपालिकामा कसरी सिटको तालमेल मिलाउने, अनि सबै पालिका र वडाहरुमा सिटको तालमेल कसरी मिलाउने ? अहिले विभिन्न पार्टीमा मानिसहरु उम्मेदवार बन्नका लागि तानातान गरिरहेका छन् । चुनावमा पराजित हुने स्थितिमा भएकाहरुले पनि जति सहमति हुन्छ, त्यही सहमतिको आधारमा हामी जानेछौँ । हामीले सहमति गरिसकेका छौँ पाँच दलबाहेक अन्य दलहरुसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । जतिमा सहमति भएको छ । सहमति हुन सकेन भने मित्रतापूर्ण प्रतिस्पर्धाको आधारमा जाने भन्ने पनि हामीले टुंगो लगाएका छौं । यस सन्दर्भमा आज पनि हामी फेरि छलफल गर्छौं । जिल्ला–जिल्लामा हामीेले सुनिरहेका छौं–कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ । कतिपय ठाउँमा गाह्रो छ । सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अर्को शक्तिको अवमूल्यन गर्दै अनि अपमानपूर्ण ढंगले व्यवहार पनि गर्दै चल्नुभएको छ भन्ने रिर्पोट पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौं । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ र हामीले आफ्नो शक्तिको अति मूल्यांकन पनि गर्नु हुँदैन । तर सात महिनाको अवधिमा हामीले जसरी जिल्ला–जिल्लामा, पालिकापालिकामा गएका छौँ, वडा–वडामा गएका छौँ र यसबीचमा पनि पार्टीमा प्रवेश गर्ने जुन लहर आएको छ मेचीदेखि महाकालीसम्म, त्यो लहरले पनि के बताउँछ भने यो पार्टीको भविष्य छ र जनताले ठूलो आशाका साथ हामीलाई हेरिरहेका छन् ।’

अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?