काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले केहीबेर अघि बैठक सुरु भएको जानकारी दिए ।
महानगर र उपमहानगरमा सिटको भागबण्डा मिलाउन बैठक सुरु भएको हो । नेपाली कांग्रेसले समय मागेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।
महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा निरन्तर छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले आ–आफ्नो अडान राखिररहेको छ ।
मनोनयनको मिति नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया