१३ चैत्र २०७९, सोमवार

प्रहरी निरीक्षक अनिल ठकुरी पुरस्कृत

२०७४,आश्विन,२७,शुक्रवार १२:४०

0
Shares

काठमाडौं, २७ असोज—अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरे बाफत नेपाल प्रहरीले आफ्नो ६२ औं दिवसको अवसरमा लागू औषध नियन्त्रण व्यूरोमा कार्यरत प्रहरी निरीक्षक अनिल ठकुरीलाई सम्मान गरेको छ ।उनलाई प्रहरी प्रदान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सहित प्रशंसा पत्र प्रदान  गरिएको हो ।विगत २ बर्षदेखि नेपाल प्रहरीको महत्वपूर्ण ईकाई लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरमा कार्यरत उनले लागु औषध अपराध नियन्त्रण एवं रोकथाममा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।त्यही योगदानको उच्च मूल्यांकन गरी उनलाई पुरस्कारको लागि सिफारिस गरी प्रहरी प्रधान कार्यालयद्वारा गठित पुरस्कार छनौट समितिले उत्कृष्ट अपराध अनुसन्धानकर्ताको रुपमा चयन गरेको हो ।लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरमा कार्यरत रहँदा उनले नेपालमै पहिलो पटक दुर्गम भेगमा गरिएको अफिमको सफल अनुसन्धान, काठमाण्डौ उपत्यकाका औषधि पसलहरुमा अनुगमन तथा छापा, बिभिन्न मितिमा चरेश, खैरो हेरोईन, टिटि आदिको सफल अनुसन्धान गरेर चर्चा कमाएका थिए ।२०६४ मा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी निरिक्षक ठकुरी नेपाल प्रहरीको राष्ट्रिय स्तरका सुटिङ खेलाडी समेत हुन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६