‘रोमियो एण्ड मुना’ एकअर्काका लागि (भिडियो)

काठमाडौं । चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले गीत सार्वजनिक गरेको हो ।

‘तिम्रै लागि हो’ बोलको रोमान्टिक गीतमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठको अभिनय रहेको छ । यो गीतलाई हर्कुलस बस्नेतले लेखेका हुन् भने संगीत पनि उनको नै छ । त्यस्तै गीतमा गौरव डगोकरको स्वर रहेको छ ।

नरेशकुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ मा एउटा विशुद्ध प्रेमकथा रहेको बताइएको छ । फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका हुन् ।

साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई म्युजिकल लभस्टोरी भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?