गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन गर्न भारतीय प्राविधिक टोली आउने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई आज विशेष सम्बोधन गर्दै उहाँले सप्तगण्डकी, दामोदरकुण्ड, मुक्तिनाथ, तालबाराही, तिलिचो, फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टेजस्ता तालका साथै पञ्चासेलगायत रमणीय पर्यटकीयस्थलका कारण यसले असाधारण सम्भावना बोकेकाले यसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

सो प्रदेशमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययनका लागि भारतबाट प्राविधिक टोली आउन लागेको जानकारी पनि दिए ।

कृषिको आधुनिकीकरणमा जोड दिँदै प्रधानमन्त्रीले यहाँका उत्पादन चीन र भारतका ठूला बजारमा पु¥याउन आग्रह गरे । सरकारले देशबाटै तुइन विस्थापन गर्र्दै त्यसका ठाउँमा कम्तीमा झोलुङ्गे पुल निर्माण गरिने बताए ।

उनले गुणस्तरीय शिक्षाका साथै हरेक ठाउँमा स्वास्थ्य सेवाको सुलभता कायम गराइने आश्वासन दिँदै शिक्षा र स्वास्थ्य केन्द्रका रुपमा नेपाललाई विकास गर्दै देश बाहिरको पैसा भित्र्याउनुपर्ने बताए । सामाजिक न्यायसहितको समृद्धिबाट समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले संघीय सरकारबाट गर्नुपर्ने सबै कुरामा आफूहरू तयार रहेको आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?