स्थानीय निर्वाचन : मेयर र उपमेयरले १५०० धरौटी राख्नुपर्ने, कसको कति ?

लोकपथ
175
Shares

काठमाडौं । आगामी स्थानीय तहको निवाचनको मिति नजिकिएसँगै निर्वाचन आयोग नेपालले तयारीलाई तीव्र पारेको छ ।

वैशाख ११ र १२ गते मनोनयनको मिति तोकिएको छ ।

सो क्रममा आयोगले वडा सदस्यले ५०० रुपैयाँ र वडाध्यक्षले १००० हजार धरौती राख्नु पर्नेछ । त्यसैगरी गाउँपालिका अध्यक्ष उपाध्यक्ष र मेयर तथा उपमेयरको उम्मेदवारले १५०० रुपैयाँ धरौटी राख्नुपर्ने आयोगले जनाएको ।

आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?