काठमाडौं– २० दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ । उनलाई त्रिवि शिक्षण अस्पतालको आईसीयुमा राखेर उपचार गरिने बताइएको छ ।
केसीलाई त्रिवि शिक्षण अस्पताल ल्याउँदा प्रहरीको कडा सुरक्षा घेरा बनाइएको त्यहाँस्थित संवाददाताले जनाएका छन् । उनका अनुसार बाक्लो संख्यामा सुरक्षाकर्मीको परिचालन गरी केसीलाई आईसीयुतर्फ लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया