काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आइपुगेका छन् ।
केहीबेर अघिमात्रै उनी सवार हेलिकोप्टर केहीबेरअघि टुँडिखेलमा ल्याण्ड भएको हो।
जुम्लामा २० दिनदेखि अनसन बसेका डा. गोविन्द केसीलाई लिन बिहीबार दिउँसो सरकारी टोली नेपाली सेनाको हेलिकोप्टरसहित जुम्ला पुगेको थियो ।
स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् ।
उनलाई अब कुन अस्पतालमा राखिन्छ भन्ने टुंगो छैन।
हेलिकप्टरभित्र महासेनानी सागरबहादुर थापा नेतृत्वको मेडिकल टिम खटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया