२१ मङ्सिर २०८०, बिहीवार

प्रहरी निरीक्षक अनिल ठकुरी पुरस्कृत

२०७४,आश्विन,२७,शुक्रवार १२:३९

0
Shares

काठमाडौं, २७ असोज—अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरे बाफत नेपाल प्रहरीले आफ्नो ६२ औं दिवसको अवसरमा लागू औषध नियन्त्रण व्यूरोमा कार्यरत प्रहरी निरीक्षक अनिल ठकुरीलाई सम्मान गरेको छ । उनलाई प्रहरी प्रदान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सहित प्रशंसा पत्र हो । विगत २ बर्षदेखि नेपाल प्रहरीको महत्वपूर्ण ईकाई लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरमा कार्यरत उनले लागु औषध अपराध नियन्त्रण एवं रोकथाममा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । योहि योगदानको उच्च मूल्यांकन गरी उनलाई पुरस्कारको लागि सिफारिस गरी प्रहरी प्रधान कार्यालयद्वारा गठित पुरस्कार छनौट समितिले उत्कृष्ट अपराध अनुसन्धानकर्ताको रुपमा चयन गरेको हो । लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरमा कार्यरत रहँदा उनले नेपालमै पहिलो पटक दुर्गम भेगमा गरिएको अफिमको सफल अनुसन्धान, काठमाण्डौ उपत्यकाका औषधि पसलहरुमा अनुगमन तथा छापा, बिभिन्न मितिमा चरेश, खैरो हेरोईन, टिटि आदिको सफल अनुसन्धान गरेर चर्चा कमाएका थिए । २०६४ मा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी निरिक्षक ठकुरी नेपाल प्रहरीको राष्ट्रिय स्तरका सुटिङ खेलाडी समेत हुन् ।  

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १२:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६