काठमाडौं । जुम्लामा आमरण अनसन बसेका प्रा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप हुदा सिसा लागेर घाइते भएका प्रहरी जवान कमल प्रसाद आचार्यको स्वास्थ्य स्थिती सुधारोन्मुख छ । बिहीबार डा। केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेका बेला अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गर्दा प्रहरी जवान आचार्य घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक दिनबन्धु थापाले लोकपथसँग कुरा गर्दै प्रहरीको गोली लागेर प्रहरीको मृत्यु भएको भ्रामक समाचार आएको भन्दै आचार्यको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको पुष्टि गरेका हुन् ।
झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएको बताइएको छ । बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने सरकारको निर्णयपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी पुगेका थिए । तर, उनीहरु अस्पताल प्रवेशमै केसी पक्षधरले अवरोध गरेका थिए ।
केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि झडप भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया