‘माफियामुखी ऐन चाहिँदैन’

काठमाडौं । चिकित्सा क्षेत्रमा भएको विकृति अन्यत गर्न माग गर्दै २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले सरकारका विरुद्ध चर्को प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । 

उनीहरुले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । त्यस क्षेत्रको यातायात सामान्य प्रभावित भएको छ । 

जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?