सर्लाही । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोको घरमा कुकर बम फेला परेको छ ।
चन्द्रनगर गाउँपालिका वडा नं.–२ बबरञ्जस्थित पुख्र्यौली घरमा बुधबार राति अज्ञात समूहले राखेको बम बालबालिकाले खेलाउँदै गरेको अवस्थामा फेला परेको हो ।
घर छेउमा पातले छोपेर राखिएको अवस्था बम फेला परेको थियो । बालबालिकाले खेलाउँदै बाहिर निकालेपछि स्थानीयले देखेका थिए ।
बम फेला परेको खबर पाएलगत्तै प्रहरीको टोली र नेपाली सेनाको डिस्फोजक टोली घटनास्थलमा पुगेको स्थानीयले बताए ।
महतोको यो पुख्र्यौली घरमा उनका दाजु चन्द्रनगर गाउँपालिकाकै अध्यक्ष महेन्द्र महतो बस्दै आएका छन् । उनका छोरा उपेन्द्र महतो सलार्ही १ क बाट प्रदेश सभा सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया