काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
बिहीबार १ बजेको लागि बोलाइएको बैठक सभामुख कृष्ण बहादुर महराले विशेष कारण देखाउदै सूचना टाँसेर साउन ११ गतेसम्मको लागि स्थगित भएको जनाएको हो ।
आज बसेको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विहीबारको बैठक अवरोध गर्ने जनाएको थियो ।
सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया