स्थानीय निर्वाचन : ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियो

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेको छ ।

आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जनाएको छ ।

आयोगका अनुसार आगामी स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको छ ।

त्यसैगरी आयोगले आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक दल र नेताहरुले आचारसंहिता उल्लंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?