पोखरा । पोखरा महानगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।
केन्द्रको निर्णयअनुसार गठबन्धनमा लामो छलफल गरे पनि एकीकृत समाजवादीको अस्वाभाविक दाबीका कारण गठबन्धन नगर्ने नेपाली कांग्रेस कास्कीले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस कास्कीकृत समाजवादीले अस्वभाविक दाबी गरेको भन्दै आगामी निर्वाचनमा प्रतिस्पर्धा गरेर अघि जाने निर्णय गरेको हो ।
‘गठबन्धनमा रहेका दलहरूसँग पटक–पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि एसको अस्वाभाविक दाबीका कारणले निष्कर्ष निस्कन सकेन’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’
सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगर पालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । कांग्रेसले पोखराको मेयर आफैंले पाउनुपर्ने अडान राख्दै आएको छ । यसकै लागि जिल्ला नेतृत्वले केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरेर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया