काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डाक्टर गोविन्द केसीको अनशन स्थलमा गोली चलेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डाक्टर टपन दाहालका अनुसार भीड नियन्त्रण गर्ने क्रममा गोली चलाइएको हो ।
प्रहरीले चलाएको गोली प्रहरीलाई नै लागेको बताइएको छ । छातीमा गोली लागेका प्रहरीको स्थिति अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
डाक्टर गोविन्द केसीका समर्थकलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार समेत गरेको थियो ।
अहिले अस्पतालको अवस्था तनावपूर्ण छ भने डाक्टर गोविन्द केसीलाई वार्ताका लागि भन्दै सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया