जुम्ला । प्रहरीले आफ्नो समर्थकमाथि बलप्रयोग गरेपछि डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।
कर्णालीको जुम्लामा २० दिनदेखि अनसनरत डा. केसी अन्ततः काठमाडौं आउन तयार भएका हुन् ।
‘विद्यार्थीहरुमाथि भएको कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ डा. केसीसँगै रहेका डा. विषद दहालले भने ।
उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिने बताइएको छ ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला पुगेको थियो । तर, विद्यार्थी, महिला लगायत सर्वसाधारणको ठूलो भीडले डा. केसीलाई घेरामा राखेका थिए ।
यसैबीच प्रहरीले लाठी चार्ज गरेपनि डा. केसीलाई जवरजस्ती उठाएर काठमाडौं ल्याउने तयारी गरेको थियो । तर, स्थानीयवासीले अपहरण शैलीमा केसीलाई जुम्लाबाट काठमाडौं लैजान नदिने अडान राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया