गौचन बने सहिद, सरकारले गर्यो घोषणा

काठमाडौं, २७ असोज—अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले शहिद घोषणा गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो । सोमबार नयाँ वानेश्वरम उनको हत्या भएको थियो ।यसअघि सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझेर बिहिबार अन्त्येष्टि गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?