शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सक र कर्मचारीबीच हात हालाहाल (तस्वीर सहित)

काठमाडौं । स्वास्थ्य शिक्षा विधयेक तथा मेडिकल माफियाका विरुद्ध आमरण अनसनरत डा. गोविन्द केसीलाई लिन जुम्ला पुगेको नेपाली सेनाको हेलिकप्टर स्थानीय जुम्लावासीले फर्काइ दिएका छन् । 

हेलिकप्टर सुर्खेतबाट विहान जुम्ला पुगेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीलाई अपहरण शैलीमा राज्यले काठमाडौं लिन खोजेको भन्दै स्थानीयले मानव साड्लो तयार पारी विरोध जनाएका छन् । 

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोली हेलिकप्टरमा जुम्ला पुगेको थियो । जुम्लामा विद्यार्थी, महिला लगायत सर्वसाधारणको ठूलो भीडले डा. केसीलाई घेरामा राखेका छन् । 

सञ्चारकर्मी ललित बस्यालका अनुसार, प्रहरीले लाठी चार्ज गरे भएपनि डा. केसीलाई जवरजस्ती उठाएर काठमाडौं लैजाने तयारी गरेको छ । तर, स्थानीयवासीले अपहरण शैलीमा केसीलाई जुम्लाबाट काठमाडौं लैजान नदिने अडान कसेका छन् । 

यसैबीच, नेपाल चिकित्स संघले आजबाट देशरभर आमहड्तालको आयोजना गरेसंगै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा चिकित्सक र कर्मचारीबीच झडप भएको छ । 

डा. केसीको समर्थनमा विरोधमा उत्रिएका चिकित्सकहरुले आकास्मीक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको घोषणा गरेका छन् । शिक्षण अस्पतालका प्रमुख डा.दिपक प्रकाश महराको कार्यकक्षमा तालावन्दी गरी बाहिर आन्दोलन गरिरहेका छन् । 

शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुले गरेको आन्दोलनका केही तस्वीरहरु  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?