प्रचण्ड भन्छन्- ‘गठबन्धन टुटे हामी एक्लै भिड्न तयार छौँ’

लोकपथ
714
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन नभएमा पनि आफूहरु एक्लै जान तयार रहेको स्पष्ट पारेका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै दलहरुको सहमति नभएमा सहमति हुनेसँग जाने बताएका छन् ।

‘गठबन्धनभित्र सहमति भएन भने एक्लै भिड्ने तयारी हामीले तीन महिनादेखि नै गरेको हौँ । तर हामी गठबन्धन भित्रैबाट जान्छौँ ।’ उनले भने ।

त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनका विषयमा तल्ला कमिटीहरुबाट विरोधका आवाजहरु आए पनि केन्द्रले निर्णय गरेपछि केही फरक नपर्ने समेत बताए ।

‘गठबन्धन भइसकेपछि केही विरोधका आवाजहरु आउन सक्छन् । त्यसले केही फरक पार्दैनन् ।’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?