काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा गोविन्द केसीले आफ्ना माग पुरा नभएसम्म अनसन नतोड्ने दोहोर्याएका छन् ।
बिहिबार एक अडियो सन्देशमार्फत डा. केसीले आफूलाई चिकित्सक टोलीले उपचार गरिरहेको र त्यसबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।
उनले आफ्नो अभियान तुहाउन राज्यले अपहरण गरेर काठमाडौं लाने प्रयास भएको सूचना आफुले पाएको भन्दै आफु काठमाडौं नजाने पनि प्रस्ट पारेका छन् । उनले चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेरै माग पुरा गराएरै छाड्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया