मोरङ । मोरङमा स्राेत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट स्राेत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाइलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नरेश कुमारलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्राेत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया