काठमाडौं : चिकित्सा क्षेत्रमा सुधार र माफियाकरण अन्त्यको माग गर्दै जुम्लामा गत २० दिनदेखि अनसनरत हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारको कडा प्रतिवाद गरेका छन् ।
अाफुलार्इ उपचारका नाममा सरकारले गुण्डागर्दी शैलीमा अपहरण गरि अनसन तुहाउन लागेको केसीले बताएका छन् ।
केसीले जुम्लाबाट अाम नागरिकलार्इ अडियो सन्देश पठाउँदै सरकारलार्इ अाफ्नो स्वास्थ्यको चिन्ता भए माग पुरा गर्न र माग पुरा भए अनसन तोड्न अाफु तयार रहेको उल्लेख गरेका छन् ।
सरकारले माग पुरा गर्ने भन्दा पनि अनसन तुहाउनेतर्फ लागेको केसीले अारोप लगाएका छन् ।
अाफ्नो उपचार जुम्लामै भर्इरहेको र माग पुरा नभएसम्म जुम्लामै अनसन जारी राख्ने अडान लिएका छन् ।
''म यहाँबाट कहिँ जान्न, चन्दननाथ बाबाको काखमा मेरो सत्याग्रह जारी रहन्छ । '' केसीले अडियो सन्देशमा भनेका छन् ''सरकारले मेरो अधिकार खोस्न र गुण्डागर्दी गर्न पाउँदैन ।''
नेपालको स्वास्थ्य क्षेत्रका सुधारका लागि लडिरहने केसीले पुन : दोहो-याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया