भारीमात्रामा लागुअाैषध नाइट्राजेपाम सहित महोत्तरीबाट २ जना पक्राउ

गाैशाला : सशस्त्र प्रहरी बलले महोत्तरीबाट भारी मात्रामा लागुअाैषध नाइट्राजेपामसहित २ जनालार्इ पक्राउ गरेको छ । 

डडेलधुरा अमरगढी नगरपालिकाका सुरेन्द्र एेर र मोरङ उर्लाबारीका प्रशान्त पाण्डेलार्इ सशस्त्रको टोलीले जलेश्वरको मलिबरा बसपार्कबाट पक्राउ गरेको हो । 

उनीहरूका साथबाट प्रहरीले ८ सय चक्की नार्इट्राजेपाम बरामद गरेको छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भर्इरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?