सत्ता गठबन्धनको बैठक जारी : फुक्ला त महानगर र उपमहानगरको गाँठो ?

लोकपथ
119
Shares

काठमाडौं । ६ महानगर र ११ उपमहानगरको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो ।

यसअघि आइतबार बसेको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डाको विषयमा आ-आफ्नै अडान राखेका थिए । माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर दाबी गरेको थियो भने एकीकृत समाजवादीले पोखरा महानगरसहित अन्य उपमहानगरपालिको दाबी गरेको छ ।

साथै सत्तारुढ गठबन्धनमा आबद्ध अर्को दल जनता समाजवादीले वीरगञ्ज महानगरसहित अन्य उपमहानगर दाबी गरेको छ । तर सत्ताको प्रमुख दल नेपाली कांग्रेसले भने अन्य दलहरुको दाबीलाई स्वीकार गरेको छैन ।

दलहरुको आ-आफ्नै दाबीपछि त्यसबारे बृहत् छलफल गर्न आजका लागि बैठक बोलाइएको हो ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयनको मिति घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?