राप्ती नदीमा माछा मार्ने क्रममा बिस्फोट हुँदा पाँच जना घाइते

लोकपथ
399
Shares
तस्वीरःगूगल

दाङ । दाङको राप्ती नदीमा माछा मार्ने क्रममा घरायसी रूपमै बनाएको बिस्फोटक पदार्थ बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्।

बिस्फोटबाट लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्।

नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा बिष्फोट भएर एक बालकसहित पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये प्रदीप चौधरीलाई थप उपचारका लागि भैरहवा लगिएको र अन्य चार घाइतेको लमहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।।

आइतबार अपरान्ह ५ बजेतिर राप्ती नदीमा माछा मार्न गएका थिए उनीहरूको अनुहारलगायत अंगमा चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?